|

काठमाडौं : फिल्म 'इन्काउन्टर गल्ली'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। फिल्मले चैत २ रिलिज हुने भएको हो। राजन चौलागाईँको निर्माणमा तयार भएको फिल्म इन्काउन्टर गल्लीलाई एनआर घिमिरेले निर्देशन गरेका हुन्।

'खुसी फिल्म प्रोडक्सन'को व्यानरमा निर्माण भएको यो फिल्ममा गजित बिष्ट, नवराज राउत, श्वेता खड्का, राजन चौलागाईँ, ध्रुव कोइरालालगायतले अभिनय गरेका छन्।

एक्सन प्रधान फिल्म 'इन्काउन्टर गल्ली'ले गल्ली गल्लीमा हुने दादागिरीको कथा उठाएको निर्देशक घिमिरे बताए। फिल्ममा नायक गजित बिष्ट प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.