|

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीमाथि लगाउने महाभियोगको कार्यविधि फरक फरक हुने भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिमाथिको महाभियोग सङ्घीय संसदका दुवै सदनबाट छिनोफानो हुनेछ भने संवैधानिक निकायका पदाधिकारीमाथि लगाइएको महाभियोगको छिनोफानो प्रतिनिधिसभाले मात्र गर्नेछ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संवैधानिक निकायका पदाधिकारी र विशिष्ट व्यक्तिको महाभियोगको कार्यविधि टुंगो लगाइएको हो। शुक्रबारदेखि समितिमा संसदीय समितिको आकार र क्षेत्राधिकारबारे छलफल सुरु हुनेछ।

नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदाको आधाभन्दा बढी भागमा छलफल सकिएको बताउनुभयो। पोखरेलले भने, 'महाभियोगको कार्यविधि कस्तो हुने भन्नेमा सहमति भइसकेको छ। शुक्रबारबाट संसदीय समितिको परिच्छेदमा छलफल हुन्छ।'

यस्तै समितिले प्रधामन्त्रीले कस्तो अवस्थामा विश्वासको मत लिने भन्ने कार्यविधि पनि टुङ्ग्याएको छ। समितिले दुई अवस्थामा अनिवार्य र एक अवस्थामा ऐच्छिक रूपमा विश्वासको मत लिनसक्ने व्यवस्था सहमति गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.