|

काठमाडौं : संवैधानिक परिषदको बैठक बस्न नसक्दा १९ दिनदेखि प्रधानन्यायाधीशको पद रिक्त भएको छ। संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने संवैधानिक परिषदको बैठक बस्नु नसक्दा सर्वोच्च अदालतको नेतृत्व अहिले कामुको भरमा चलेको हो।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले चैत १ मा राजीनामा दिएपछि दीपकराज जोशी कामु प्रधानन्यायाधीश भएका हुन्।

न्यायपरिषदले गत हप्ता कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको अभिलेख संवैधानिक परिषद पठाएको हो। सर्वोच्चको प्रधानन्यायाधीशका लागि तीन वर्ष सर्वोच्चमा न्यायाधीश रहेको हुनपर्ने व्यवस्था छ। कामु प्रधानन्यायाधीश जोशीसहित मिश्र र राणाको योग्यता पुग्ने भएकाले परिषदले तीनै जनाको नाम संवैधानिक परिषदमा पठाएको हो। तर, प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संवैधानिक परिषदको बैठक बस्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.