बझाङ : भौगाेलिक विकटतालाई विकासको मुख्य बाधक मानिए पनि जिल्लाको सेती नदीपारिका स्थानीयले यस तथ्यलाई असत्य सावित गरेका छन्।
साइपाल हिमालबाट बग्ने सेती नदीपारिका पाँचवटा गाउँपालिका र जयपृथ्वी नगरपालिकाको आधा क्षेत्रमा सडक सञ्जाल जोडिएपछि यस क्षेत्रका बासिन्दाको वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको छ।
सदरमुकाम चैनपुरमा झण्डै सात वर्ष पहिले गाडी पुगेको भए पनि जिल्लाको बीचमा पर्ने सेती नदीले जिल्ला भरिको सडक सञ्जाल जोड्न वर्षौदेखि बाधक भएको थियो। सेतीपारिका स्थानीयको सहभागिता र स्थानीय सरकारको सहयोगले सेती नदीलगायत स–साना खोलामा काठेपुल हालेर भए पनि स्थानीयवासीहरुले आफ्नो गाडी चढ्ने सपना पुरा गरेका छन्।
जिल्लाको छान्ना क्षेत्रका स्थानीयवासीले पहिलोपटक छान्ना क्षेत्रमा १८ किलोमिटर सडक खनेपछि र त्यहीका स्थानीयवासीहरुले सेती नदीमा काठेपुलसमेत हालेर गाँउमा गडी पुर्याएर नमुना काम गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।