|

काठमाडौं : स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन्।

तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समुह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन्। 

सरकारमा रहँदा र सरकार बाहिर रहँदासमेत नेतृत्वबाट पार्टी हितविपरीतका निर्णय लिएका कारण निर्वाचनमा पार्टीले पराजय भोगेको युवा समुहको निस्कर्ष छ। तर, सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षाका लागि भन्दै गत ९ चैतबाट बैठक डाकेर खुला बहर सुरु गराएपछि महाधिवेशनको मुद्दा एकाएक सेलाउन पुगेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.