|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमणमा वीरगञ्ज काठमाडौं रेलमार्ग निर्माणमा समझदारी बनेपछि तराईका जिल्लामा हुलाकी राजमार्गको अर्को गफ थपिएको छ।

२०४७ सालयता निरन्तर गफको विषय बनिरहेको हुलाकी मार्गले गति लिन नसकिरहेका बेला तराईलाई काठमाडौं जाड्ने अर्को महत्वाकांक्षी योजना पूरा हुनेमा भने सवत्र आशंका छ।

प्रधानमन्त्रीले भारत भ्रमणपछ जसरीपनि नेपालमा रेल र समुन्दमा नेपाली जहाज तैरने प्रतिबद्धता जनाइरहदास्थानीय सरोकारवाला भने कार्यानयन सुरु नभई आस गर्न नसकिने बताउँछन्। 

भारतीय प्रधानमन्त्री चन्द्रशेषरले २०४७ सालमा नेपालम भ्रमणकै झममा प्रतिबद्धता व्यक्ति गरेको हुलाकीराजमार्ग निर्माण २५ वर्ष बितिसक्दा पनि द्विदेशीय सम्र्झौताको जालेमा अल्झिएर स्न्तोषजनक रुपमा अघि बढ्न सकेको छैन्। 

रेलमार्ग सहमाति कार्यान्यनका लागि सरकारले काम सुरु गरिसकेको बताए पनि हुलाकीराजमार्गमा विगतमा भारतसँग भएको सहमति कार्यान्वयनको अवस्थाका कारण स्थानीय सरोकारवाला भने दुवै योजनाले गति नलिएसम्म हर्षन विस्मातको अवस्था रहने टिप्पणी गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.