|
फाइल फाेटाे

काठमाडौं :अस्पतालमा बिरामीको चाप अत्यधिक छ। तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन। औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ।

टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन्। अभावको सन्देश बोकेर तल्लो तहबाट आएको पत्र देखेपछि शाखाका कर्मचारी मन अमिलो पार्दै पत्र दर्ता गर्छन् र त्यसलाई उपल्लो तहमा पठाउँछन्।

‘औषधि अभावको खबर थाहा हुँदा हामीलाई पनि नरमाइलो लाग्छ’, योजना तथा अनुगमन अधिकृत सूर्यबहादुर खड्काले टेबलको फाइल देखाउँदै सुनाए, ‘सबैतिरबाट बजेट मागेका पत्र ओइरिन थालेका छन्। चाङ नै लागिसक्यो।’

स्वास्थ्य विभाग र मन्त्रालयको प्राङ्गणमा फरफराइरहेको तुलमा लेखिएको छ, ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’। नयाँ वर्षको छेकोमा यस्तो तुल टाँगिएसँगै सरोकारवाला यी दुई निकायमा औषधि हारगुहारका सन्देशात्मक चिठी भित्रिन थालेका हुन्। दुर्गम जिल्लाकाे त कुरै नगराै‌ ‍ं सुगम भनिएका काठमाडाै‌ं उपत्यकाका कतिपय स्थानबाट पनि अाैषधिकाे माैज्जाद सकिएकाे भन्दै बजे६ माग गरिएकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.