|

काठमाडौं : सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर बढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम बढेको छ र नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधामा मात्रै वार्षिक २२ अबै रुपैया भन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम गर्ने लाइसेन्स दिएर थप आर्जन गर्न मेत बाँकी राखेका छैनन्। 

कर्मचारीले बाहिर धरै काम गर्दा सरकारी काममा समस्या परेको सेवाग्राहीको गुनासो छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार त्यसरीअतिरिक्त काम गर्ने लाइसेन्स लिने कर्मचारीको संख्या केन्द्रमा मात्रै करिब ८ सय छ । देशभर हजारौं कर्मचारीले त्यस्तो लाइसेन्स लिएका छन्। कतिपयले भने बिनास्वीकृति अतिरिक्त लाभ हुने काम गरिरहेको सामान्य प्रशासन मन्त्तालयको निष्कर्ष छ। 

बाहिरी काममा व्यस्त भएर सरकारी काममा ठगी गर्ने कर्मचारीको खोजी थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.