|

काठमाडौं : सरकारले सांसद विकास कोषका नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौं रुपैयाँ वितरण गर्ने तयारी थालेको छ। सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको आलोचना भइरहेकै बेला सरकारले फेरि सांसदलाई तजबिजीमा खर्च गर्न पाउनेगरी छ अर्ब ६२ करोड रुपैयाँ बाँड्ने तयारी गरेको हो।

अघिल्लो संसद् सदस्यका लागि आएको रकम नयाँ  सांसदले बाँड्नेगरी तयारी सुरु भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सांसद विकास कोषको रकम अघिल्लो सांसदका लागि व्यवस्था भए पनि हाल संघीय संसद् स्थापना भई आएका नयाँ सांसदले नै विकास योजनामा खर्च गर्न पाउनेगरी निर्णय गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ।

मन्त्रिपरिषदले पुराना सांसदको साटो नयाँ सांसदले विकास आयोजनामा खर्च गर्न पाउने निर्णय गरे प्रत्यक्षबाट निर्वाचित एक सय ६५ सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रतिसांसद तीन\तीन करोड रुपैयाँका दरले पाउनेछन्। यस्तै निर्वाचन क्षेत्र विशेष  कार्यक्रमअन्तर्गत संघीय संसदमा रहेका तीन सय ३४ सांसदले ५०\५० लाखका दरले पाउनेछन्।

यो रकम उनीहरूले जेठ र असारभित्र सक्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.