|

ओखलढुंगा : ६० वर्ष उमेर नागेका ज्येष्ठ नागरिकलाई सरकारले परिचयपत्र बनाइदिएको छ। उक्त परिचयपत्रको आधारमा ज्येष्ठ नागरिकले विभिन्न ठाउँमा सहुलियत पाउने गर्छन्।

उनीहरूले यातायत क्षेत्रदेखि विभिन्न सार्वजनिक स्थलमासमेत सहुलियत पाउँछन्। तर, ओखलढुंगाका ज्येष्ठ नागरिक ज्येष्ठ नागरिकले भने परिचयपत्र हुँदा पनि सहुलियत नपाएको गुनासो गरेका छन्। 

उनीहरूले विषेश गरी सार्वजनिक यातायातहरूले सहुलियत नदिएको गुनासो गरेका छन्। जिल्लाभित्र र जिल्लाबाट बाहिर जाने सार्वजनिक यातायातका साधनले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरूको गुनासो छ। ६० वर्ष उमेर पार गरी ज्येष्ठ नागरिक परिचयपत्र लिएका नागरीकहरूले सार्वजनिक यातायतका साधनमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ तर, ओखलढुंगाबाट जिल्ला बाहिर र जिल्लाभित्रै सञ्चालन हुने कुनै पनि यातयात साधनहरूले ज्येष्ठ नागरिक परियचपत्रको अधारमा छुट नदिएको ज्येष्ठ नागरिक संघ ओखलढुंगाका अध्यक्ष जीवन शर्मा बताउँछन्। 

ओखलढुंगामा अहिले अरनिको, माथिल्लो सगरमाथा, दूधकुण्ड, कुसुम र मध्यपहाडी यातायात समितिहरूले सेवा दिइरहेका छन्। ओखलढुंगाबाट सोलुखुम्वु, काठमाडौं, कटारी, विराटनगरलगायत जिल्ला बाहिर तथा जिल्लाभित्र चल्ने कुनै पनि यातायात समितिले यो सुबिधा नदिएको ज्येष्ठ यात्रुहरूको गुनासो छ। 
जिल्ला सदरमुकाम ओखलढुंगामा रहेका यातायात व्यावसायीले भने आपूmहरूले घाटामा यातायातका साधान चलाइरहेकोले छुट दिन नसकिएको बताए।

व्यावसायीहरूले ग्रामिण धुले सडकहरूमा जोखिम मोलेर गाडी चलाउनु परेका कारण पनि छुट दिन नसकेको बस संचालक सन्तोष गिरी बताउँछन्। जिल्लाभित्र तथा बाहिर संचालनमा आउने यातायातका साधनहरूमा आफूहरूले परीचयपत्र देखाउँदा राज्यले उपलब्ध गराएको छुट नदिएको उजुरी आपू कहाँ आएमा तत्काल त्यस्ता व्यावसायीहरूलाई कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुक्ती शेर्पाले बताए। 

जिल्लामा विभिन्न समितिद्वारा संचालित यातायातका साधनहरूले आरक्षण सिट राखे पनि ज्येष्ठ नागरिक विद्यार्थी, अपांगता भएका तथा महिलालाई यात्रा गर्न भने समस्या रहन्दै आएको ज्येष्ठ नागरिकहरू बताउँछन्। ओखलढुंगामा चैत १२ गतेसम्म एक हजार ४१ जना ज्येष्ठ नागरिकहरूले परिचयपत्र लिएको तथ्यांक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.