|

रौतहट : पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको लमाहा जंगलमा रोकिराखेको ट्रकमा आगजनी भएको छ। शनिबार दिउँसो करिव ३ बजेतिर ना३ख ३८४२ नम्बरको ट्रकमा आगलागी भएको हो।

पूर्वबाट पश्चिमतर्फ गएको अवस्थामा रोकिराखेको ट्रकमा आगजनी हुँदा ट्रक पूर्ण रूपमा क्षति भएको छ। चन्द्रपुर नगरपालिकाको बारुण यन्त्र र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

सो ट्रकमा ब्याट्री सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। आगलागी हुँदा सो ट्रकका चालक लालबाबु चौधरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन्।

उक्त ट्रक हेटौडा उप महानगरपालिका-१० निवासी किरण कटुवालको रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कोइरालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.