|

भक्तपुर : अविरल वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरी देखी दक्षिण पश्चिम मध्यपुर थिमि– १ लोहकिल्थलीसम्मको भू भाग डुवानमा परेको छ। 

हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धी स्मृती बाल अस्पताल, राममन्दिर, बारही स्थान, मंगलतीर्थ, सल्लाघारीस्थित डा। युवामुरा अस्पताल, मध्यपुर थिमिस्थित मध्यपुर थिमि अस्पताल समेत जलमग्न भएको छ।खस्याङ खुसुङ खोलामा आएको बाढीले मध्यपुर थिमिको राधे राधे क्षेत्र डुवानमा पर्दा सयौं परिवार विस्थापित भएका छन।

बुधबार राती देखी डुवानमा पर्न थालेपछि उद्धारको कार्य भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.