|

काठमाडौं : गायक प्रकाश न्यौपानेले 'द राइज' नामक एल्बम रिलिज गरेका छन्। गायक न्यौपानेको एल्बम डिजिटल स्टोरमा रिलिज गरिएको हो। गीत संगीत डिजिटल प्रविधिमा गइसकेको र विश्वभर नै गीतहरू डिजिटल स्टोरमा रिलिज हुन थालेको सन्दर्भमा प्रकाशको नयाँ एल्बम पनि आई ट्युन स्टोर, गुगल प्ले, अमेजन र स्पोटीफाइमा रिलिज गरिएको हो।

नेपालमा पनि सिडी, भिसिडी वा क्यासेटको प्रयोग हराइसकेकाले व्यवसायिक रूपमा डिजिटल स्टोरमा एल्बम रिलिज गर्ने प्रचलन सुरु भइसकेको छ। त्योबाहेक युट्युब, फेसबुक जस्ता प्लेटफर्ममार्फत् पनि गीत र भिडियोहरू रिलिज हुने गरेका छन्।

युगल प्रेमीलाई लछित गरेर गीत बनाउने न्यौपाने सन् २०१४ बाट सांगितिक यात्रा सुरु गरेका हुन्। गायन क्षेत्रमा प्रवेश गर्नुअघि उनी कवी तथा गजलकार थिए। उनले खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा प्रथम स्थान समेत हासिल गरेका थिए। न्याैपाने ओयस म्युजिक अवार्ड्मा उत्कृस्ट पप गायकको नोमिनेसनमा समेत परेका छन्।

गीत सुन्‍न तलको लिंकमा क्लिक गर्नुस्

The Rise - EP Prakash Neupane

भिडियो हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.