|

संखुवासभा : किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षौंदेखि जिल्लाबाहिर रहेका पाइएको छ। पंचायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीहरूले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा सेवाग्राही मारमा परेका छन्। 

तीन जना कर्मचारी रहेको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले सदरमुकाम खाँदबारीमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै तलव लिइरहेको कोलेनिका कार्यालयले जनाएको छ। प्रति महिना एक लाख रुपैयाँ बढी रकम उठ्ने सीमा भन्सार कार्यालय संचालन गर्न सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन। भन्सार कार्यालयमा हटिया राखेर लामो समय भन्सारका कर्मचारी जिल्लाबाहिर बसेर तलव भत्ता लिएको कोलेनि कार्यालयले जनाएको छ। 

किमाथांका सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारी बाट पाँच दिनको पैदल दूरीमा रहेको छ। खाद्यान्न सामग्री, लत्ताकपडा जस्ता दैनिक उपभोग्य वस्तुमा भोटखोलाबासी निर्भर रहनुपरेको छ। भोटखोलाबासीले चीनबाट आयात गरेका सम्पूर्ण सामानको कर बुझाउन पाँच दिनको पैदल हिँडेर सदरमुकाम खाँदबारी आउनुपरेको स्थानीयको भनाइ छ। 

नाकामा जिल्ला निकासी ठेक्का खुलाउने र सीमा भन्सार कार्यालय व्यवस्थापन गर्ने भए प्रदेश १ को अर्थतन्त्र मजबुत हुने बताउँछन् स्थानीय। किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी भने सुविधा सम्पन्न शहरमा बस्दै आएका थिए भने हालका प्रमुख परासर दाहालले एक वर्षअघिबाट कोष तथा लेखा नियन्त्रण कार्यालय खाँदबारीमै रहेको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.