|

संखुवासभा : सदरमुकामबाट केही टाढा भएपनि जिल्लाको चर्चित धार्मिक स्थलहरुमध्ये पाथीभरा भगवतीको मन्दिर प्रमुख पर्यटकीय गन्तव्य हो। अध्ययन भ्रमण, वनभोज स्थल, नयाँ वर्षमा निकै ठूलो जमघट गर्ने आर्कषणमा पाथीभरा मन्दिर पर्छ। 

पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। जिल्लाको पूर्वमा पर्ने धर्मदेवी नगरपालिका-१ मा रहेको यस मन्दिर चर्चित पर्यटकीय स्थल तीनजुरे-जलजले-मिल्केको परिसरमा अवस्थित छ। 

यसलाई ठूलो पाथीभरा भन्ने गरिएको छ। तर जलजले मिल्केबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथीभराको स्थापना गरिएको पूजारी नवराज खनालले बताए। पाथीभरा माताको मन्दिरमा धागोको डोरो मन्दिरलाई तीन फन्कोसम्म लगाउँदा चुटिएन भने पाथिभरा भगवतीसँग गरेको विश्वास कहिल्यै पनि नटुट्ने धार्मिक विश्वास रहेको छ। 

छिमेकी जिल्ला तेह्रथुमको सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा स्थापना गरिएको हो। दुई हजार ९२० मिटरको उचाइमा रहेको अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी राखिएको बताइन्छ।

यसरी पुग्ने सकिन्छ पाथिभरा मन्दिर

सदरमुकाम खाँदबारीबाट ८७ किलोमिटर पूर्वमा टुटे दुउराली पुगिन्छ। टुटे देउराली बाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदल गएपछि पाथीभरा पुगिन्छ। 

जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथीभरा मन्दिर पुग्ने पहिलो खुड्किलो पुगिन्छ। उक्त खुड्किलाबाट हजार खुड्किला पार गरेपछि पाथीभरा मन्दिर पुगिन्छ।यस मन्दिर दर्शनका लागि तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा जिल्लाबाट समेत बस चढेर घुम्न आउने पर्यटकहरुको घुइचो लाग्ने गरेको छ। 

मुख्य पर्यटकीय स्थल

विशेष गरी नयाँ वर्षमा अासपासमा लाली गुराँस फुल्ने भएकाले यस सिजनमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ। यस वरपर विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ। यस मन्दिरको परिसरबाट मौसम खुला हुँदा सप्तकोसी नदीको पानी समेत देख्न सकिन्छ। त्यस्तै ताप्लेजुङमा रहेको ठूलो पाथीभराको दर्शन गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.