संखुवासभा : चीनको सीमा क्षेत्र भएर बग्ने अरुण नदीमा चीनले एकतर्फी तटबन्ध निमार्ण गरेपछि नेपाली भूमि कटान हुन थालेको छ। अरुण नदीले नेपाली भूमि कटान गर्दा भोटखोला गाउँपालिका–१ हेमाथांकाको वस्ती जोखिममा परेको छ। नदी किनारमा चीनले नेपाली भूमि अतिक्रमण गरेर अग्लो तटबन्द लगाएर सडक निर्माण गरेपछि नदीको पानीले नेपाली भूमितर्फ कटान गरेको हो।
चिनियाँ क्षेत्रबाट आउने नदीको पानी नेपाली भूमितर्फ बग्न थालेकाले कटान भइरहेको वडा नम्बर १ का अध्यक्ष तेन्छेबी शेर्पाको बताए। सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर दूरीमा भोटखोला हेमाथांका क्षेत्र पर्दछ। हेमाथांका र चिनियाँ क्षेत्र चाँगा बजारको बीचबाट अरुण नदी रहेको छ।
चीनले आफ्नो भूमि बचाउन तटबन्द लगाएर सडक निर्माण गरेको छ। नेपालतर्फ ग्याबिन वाल लगाए पनि नदीले बगाएर लैजाने गरेको स्थानीयको भनाइ छ। ग्याबिन वाल बनाउन तत्कालीन किमाथांका गाविस र भोटखोला गाउँपालिकाले एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको गाउँपालिका प्रमुख ठिलेन भोटेले बताए। जानकारी दिए । यस क्षेत्रको अवस्थाबारे केन्द्रीय सरकारलाई पटक–पटक जानकारी गराउँदा समेत चासो नदिएको अध्यक्ष भोटेले गुनासो गरे। उनका अनुसार नेपाली भूमि जोगाउन तटबन्धका लागि करिब २५ करोड रुपैयाँ अवश्यकता पर्दछ।
सीमा क्षेत्रको चाँगा र देन्दाङबजारको विकासका लािग चीनले दुई वर्षदेखि नदीमा दैनिक तीन वा चार वटा स्काभेटर लगाएर बालुवा निकाल्दै आएको छ। यस्तै, नदीलाई नेपालतर्पm मोडेको वडाध्यक्ष शेर्पाले बताए। चीनको उक्त गतिविधिले नेपालतर्फको भूमि कटान बढ्दै गइरहेको छ। वर्षा याममा नदीको बहाव उच्च हुँदा नेपाली भूमिमा अझै धेरै कटान हुने भएकाले सधैं त्रासमा बस्नुपर्ने स्थानीयले बताए।
नदीले हेमांथाकाको खेतीयोग्य जमिन समेत कटान गरिरहेको छ। यसबारे केन्द्रीय सरकारलाई जानकारी गराए पनि कुनै पहल नभएको वडाध्यक्ष शेर्पाले बताए। वडा नम्बर १ हेमाथांकामा सय परिवार बसोबास गर्दै आइरहेका छन्।
कटान क्षेत्रमा सीमा भन्सार कार्यालय, सशस्त्र प्रहरी बल, सुख्खा बन्दरगाह, अध्यागमन कार्यालय राख्ने भनिएको क्षेत्र पनि जोखिमा परेको छ। यस क्षेत्रमा सरकारी कार्यालय स्थापना गर्ने नक्सा समेत तयार भइसकेकाले चाँडो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।