|

न्यूयोर्क- अमेरिकाको न्यूयोर्क सहरमा नेपाली उत्पादनको प्रबर्धनका लागि ३ दिने व्यापार मेला हुने भएको छ ।
न्यूयोर्कको म्यानहन्टनमा आयोजना हुने मेलालाई ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ नाम दिइएको छ ।

अमेरिकामा रहेका नेपाली व्यवसायीको संस्था ‘वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट’को आयोजनामा हुन लागेको मेला आगामि सेप्टेम्बर ३०देखि अक्टुबर २ तारिखसम्म चल्ने छ ।
नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा नेपाल तथा विश्वभर रहेका तीन सय ५० भन्दा बढी उद्योगी व्यवसायी सहभागि हुने छन् ।

नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्वबजारसम्म लैजान सजिलो होस भन्ने उद्देश्यका साथ मेला आयोजनाको तयारी अगाडि बढाइएको आयोजकले जनाएको छ । मेलामा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिर उद्योगी व्यवसायीह सहभागि हुने छन्  ।


आयोजक संस्थाका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले मेलाको सफल आयोजना पश्चात नेपाल–अमेरिका व्यापारमा नयाँ युगको सुरुवात हुने बताए ।
नेपालबाट अमेरिका निर्यात हुने विभिन्न वस्तुहरुमा हालै अमेरिकाले भन्सार छुट दिएको उल्लेख गर्दै रेग्मीले त्यसको उचित फाइदा लिन मेला फलदायी हुने बताए ।
‘अमेरिकी सरकारले दिएको भन्सार छुटको सुविधान प्रयोग गर्दै नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन आवश्यक छ । त्यसका लागि हामीले आयोजना गर्ने मेला कोशेढुंगा बन्ने विश्वास लिएका छौं’, रेग्मीले भने ।
मेला आयोजना भएसंगै अमेरिका लगायतका विश्वका विभिन्न देशका खरिदकर्तालाई नेपाल ल्याएर ‘बिजनेश टु बिजनेश’ नेटवर्क सञ्चालन गर्ने उद्देश्यसमेत आयोजकले लिएको छ ।
मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री र नेपालको गौरव झल्काउने उत्पादका साथै कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, खुकुरी रम, नेपालको मूर्तिकला तथा गहना आदिलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नाटा लगायतका संस्थाहरुले सो मेलाको आधिकारिक सहयोगीका रुपमा रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.