|

बैतडी : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा भारी हिमपात भएसंगै जनजीवन कष्टकर भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको हो। बैतडीको सतबाँझ,मुस्याचोर, खोड्पे,श्रीभावर लगायतका ठाउँमा बाक्लो हिउँ परेको छ। हिमपातका कारण आवतजावतमै समस्या  भएको छ।

मपातका कारण जनजीवन कष्टकर भएको सुर्नया ८ का बीरबहादुर बोहराले जानकारी दिनुभयो। हिमपातका कारण वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ। हिमपातले चिसो बढेका कारण स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। बालबालिकाहरूमा निमोनिया र वृद्धवृद्धाहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या आउने भएकाले चिसोबाट बच्नुपर्नेपाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए।
पछिल्लो समयमा भएको हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुशी भएका छन्। सिंचाइको सुविधा नभएका ठाउँमा यो हिमपातले सिंचाइको काम गर्ने कृषि प्राविधिकहरुले बताएका छन्। हिउँदेबालीमा देखिने विभिन्न किसिमका कीराहरुको प्रकोप कम हुने अगुवा किसान देवदत्त भट्टले बताए।

यस्तै हिमपातले तरकारीबालीमा समेत फाइदा पुग्ने किसानहरुले बताएका छन्। हिउँदे तरकारीका लागि हिमपात  निकै सहयोगी हुने किसानहरुको भनाई छ। यस्तै लेकाली क्षेत्रमा आलु लगाउने तयारी गरीरहेका किसानहरुलाई समेत हिमपातले सहयोग पुग्ने बताइएको छ। हिमपातले गहुँबाली लगायतका बालीहरुको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.