|

सुर्खेत : भलिबल नेपालको राष्ट्रिय खेल हो। सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको हो। यही राष्ट्रिय खेल कर्णाली प्रदेशमा लोकप्रिय छ। 

यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थरीय भलिबल खेल प्रतियोगिता चलिरहेको छ। मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगितामा पुरुष र महिला खेलहरु सञ्चालनमा छन्।

 प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका पुरुष तथा महिला टिम सहभागी छन्। प्रतियोगिताको विजेताले एक एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार जित्ने आयोजक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भलिबलको क्रेजका कारण प्रतियोगिता हेर्नेको घुइँचो लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.