जिडिपीमा कृषिको योगदान घट्ने, उद्योगको बढ्ने

|

काठमाडौं : आगामी पाँच वर्षमा ९७ खर्ब ७७ अर्ब लगानी देशका हुने योजना अघि सारेको छ। राष्ट्रिय योजना आयोगले तय गरेको १५ औँ  योजना  (आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८०/८१) मा करिब ७८ खर्ब रुपैयाँ बराबरको लगानीको आवश्‍यकता रहेको औँल्याएको हो।

करिब ९८ खर्बको लगानीमा देशको आर्थिक वृद्धिदर १०.१ प्रतिशत रहने अनमान गरिएको छ। सरकारले दिगो विकासको लक्ष्य हासिल गर्न अहिले वार्षिक २० खर्ब रुपैयाँ लगानी गर्नु पर्ने जनाएको छ। तर पाँच वर्षभित्रमा  वार्षिक औसत १८ खर्ब रुपैयाँ लगानी गर्ने अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोगले तय गरिएको १५ योजनामा भनिएको छ। ‘आर्थिक वर्ष २०८०/८१ सम्म ९७ खर्ब ७७ अर्ब लगानी गरिनेछ।’ लगानी कहाँबाट कति आउँछ भन्ने विषयमा पनि योजनाका आयोगको प्रक्षेपण रहेको छ। जसअनुसार निजी क्षेत्रबाट सबैभन्दा बढी ५८.१ प्रतिशत अर्थात् आगामी पाँच वर्षमा निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब रुपैयाँ लगानी गर्ने अनुमान गरिएको छ। त्यस्तै सरकारको तथा ३७ प्रतिशत अर्थात् ३६ खर्ब ७४ अर्ब रुपैयाँ अनुमान गरिएको छ भने सरकारी क्षेत्रबाट ४.३ प्रतिशत अर्थात् चार खर्ब ११ अर्ब लगानी आउने अनुमान गरिएको छ।

यो लगानी आउँछ नै भन्नेमा राष्ट्रिय योजना आयोग पनि विश्‍वस्थ भने छैन। ‘पाँच वर्षमा झण्डै १०० खर्बलगानीको आवश्‍यकता छ, कहाँबाट आउन सक्छ भन्ने हामीले अनमान पनि गरेका छौँ’ राष्ट्रिय योजना आइगाका उपाध्यक्ष प्रा. पुष्पराज कँडेल भन्छन्, ‘कस्तो वातवरण बन्छ र क्षमता अभिवृद्धि गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विषयले लक्ष्य पूरा हुने वा नहुने हुन्छ।‘ सरकार लगानीको वातवण बनाउनन केन्द्रित देखिएको दाबी कँडेलको छ। तर चालु आर्थिक वर्षमा आएको लगानीबाट भने योजना आयोग पनि सन्तुष्ट छैन।

योजना आयोगले कुन क्षेत्रमा कति लगानी हुन्छ भन्ने विषयमा पनि प्रक्षेपण निकालेको छ। जसमध्ये सबैभन्दा बढी सेवा  क्षेत्रमा लगानी हुने अनुमान गरिएको छ। आगामी पाँच वर्षमा सेवा क्षेत्रमा ५३ खर्ब ५६ अर्ब रुपैयाँ लगानी हुनेछ यसको वार्षिक औषत लगानी वृद्धिदर ९.९ प्रतिशत हुने अनमान गरिएको छ।

उद्योग क्षेत्रमा आगामी पाँच वर्षमा ३५ खर्ब ८३ अर्ब रुपैयाँ लगानी हुने अनुमान १५ अध्यावधिक योजनाले राखेको छ। जसअनुसार उद्योग क्षेत्रमा औसत वृद्धिदर १७.१ प्रतिशत रहने अनुमान गरिएको छ।

कृषि क्षेत्रमा औसत वृद्धिदर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ। आठ खर्ब ३७ अर्ब रुपैयाँ आगामी पाँच वर्षमा लगानी हुने अनमान राष्ट्रिय योजना आयोगको रहेको छ।

जिडिपीमा कृषिको योगदान घट्ने उद्योगको बढ्ने

आगामी पाँच वर्षमा कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषिको योगदान ६ प्रतिशतसम् घट्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७४/७५ को तथ्यांक अनुसार जिडिपीमा कृषिको योगदान २७.६ प्रतिहत रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा भने २१.९ प्रतिशत कृषिको योगदान रहने अनुमान गरिएको छ। त्यस्तै योग क्षेत्रको योगदना छ प्रतिशतले नै बढ्ने प्रक्षेपण राष्ट्रिय  योजना आयोगको रहेको छ।जिडिपीमा अहिले उद्योगको योगदान १४.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा २०.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

त्यस्तै सेवा क्षेत्रको योगदान सामानय घट्ने अनुमान गरिएको छ। अहिले सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत रहेकोमा आगामी पाँच वर्षमा ०.२ प्रतिशतले कमी भई ५७.४ प्रतिशत योगदान पुग्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.