|

धनकुटा : साँगुरीगढी गाउँपालिका–६ कन्यापोखरीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाकै चौबिसे गाउँपालिका–३ का चालक ३० वर्षीय मोहनसिंह तामाङ रहेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब साढे ११ बजेतिर भेंडेटारबाट राजारानी जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्रयाक्टर पल्टिएको हो। दुर्घटनामा गम्भीर घाइते तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति १२ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

ट्रयाक्टरका सहचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको गुरुङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.