|

विराटनगर : प्रदेशसभा गठन भएको १६ महिनापछि प्रदेश १ ले स्थायी विराटनगरलाई स्थायी राजधानीका रूपमा पाएको छ।

यसअघि अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने प्रस्ताव सोमबारको प्रदेशसभा बैठकबाट पारित भएको हो। नेकपाका प्रमुख सचेतक बुद्धिकुमारराज भण्डारीले गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रस्तावको पक्षमा प्रदेशसभामा रहेका ९३ जना सांसदमध्ये ८६ जनाले मतदान गरेका थिए भने विपक्षमा मत परेन।

सभामुख प्रदीपकुमार भण्डारीले मत परिणाम सुनाउँदै प्रदेशको स्थायी राजधानी विराटनगर भएको घोषणा गरेका थिए। पारित प्रस्तावमा व्यवस्थापिका, कार्यपालिका लगायत अन्य प्रशासनिक संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासका क्षेत्रमा रहने उल्लेख छ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट पनि विराटनगरलाई राजधानी बनाउनु पर्ने प्रस्ताव पेश भएको थियो भने नेकपाका निरन राई र कांग्रेसकै सांसद लिला सुब्बाले धनकुटालाई राजधानी बनाउनु पर्ने प्रस्ताव संसदमा दर्ता गराएका थिए।

मुख्यमन्त्री शेरधन राईको सक्रियतामा सोमबार बिहानैदेखि सहमतिका लागि गरिएको पहलपछि दर्ता भएका तीन प्रस्ताव फिर्ता भएपछि नेकपाको प्रस्ताव सर्वसम्मत भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.