|

ताप्लेजुङ : नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्‍तर्गत ताप्लेजुङ जिल्लामा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ४ करोड बढी बजेट विनियोजन गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको विकास निर्मााण र प्रचारप्रसारमा सो रकम खर्च गरिनेछ।

नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार सिदिङवा गाँउपालिकामा अवस्थित तिम्बुङ पोखरी, मिक्वाखोला गाउँपालिकाको साँवामा रहेको फुङफुङे झरना, पाथिभरा क्षेत्रमा निर्माण गरिने रवीन्द्र स्मृति पार्कका लागि  ५०/५० लाख विनियोजन गरिएको छ।

यस्तै कञ्चनजंघा क्षेत्र (लेलेप, घुन्सा र गोला आधाशिविर) र पाथिभरा क्षेत्र विकाससँगको साझेदारीमा पूर्वाधार विकास कार्यक्रमका लागि ८०/८० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यता, फुङ्लिङ् नगरपालिकामा रहेकोका सिद्धिडाँडा पर्यटन पूर्वाधार निर्माणमा २० लाख, सिरिजंघा गाउँपालिकाको सिनाम क्षेत्र पर्यट्न पूर्वाधार विकासमा २५ लाख, फुङलिङ नगरपालिकामा निमार्ण गरिने शहीद स्मृति पार्कमा १० लाख, मिरिङदेन गाउँपालिकाको गुरासेपोखरी संरक्षण पर्यटन पूर्वाधार विकासमा १० लाख विनियोजन गरिएको छ।

तिनजुरे मिल्के जलजले क्षेत्र (तेह्रथुम र ताप्लेजुङ) को विकासका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको गुरागाईंले बताए। यसैबीच कञ्चनजंघा, मनास्लु र अन्नपूर्ण क्षेत्रका पदमार्ग निमार्णका लागि ४५ लाख विनियोजन गरिएको छ।

यो बजेट भने यसअघि मन्त्रालयमा डिपिआर तयार गरि पेस गरेको भए मात्र प्राप्त गर्न सकिनेछ। ग्रेट हिमालयन ट्रेल कार्यक्रमका लागि भने सरकारले १० करोड विनियोजन गरिएको छ। यता पाथिभरामा गुरुयोजना निर्माण गरी अघि बढ्ने भएकाले त्यसका लागि आवश्यक बजेटको व्यवस्था रहेको गुरागाईले जानकारी दिए।

विनियोजित बजेटको कार्यान्वयनका लागि भने संघिय सरकारले प्रदेश र स्थानिय तहलाई अख्तियारी दिनेछ। यसअघि सरकारले तोकेको एक सय घुम्नैपर्ने गन्तव्यको सूचीमा ताप्लेजुङका तीन पर्यटकिय स्थल समावेश भएका छन्। पाथीभरा, फुङ्फुङे झरना र तिम्बूङ पोखरी सूचीमा समावेश भएका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.