|

काठमाडौं : नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारेको प्रतिवेदनमाथि संसदीय समितिले गोप्य कोठामा छलफल थालेको छ। 

प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिकोमा सांसद दीपकप्रकाश भट्ट नेतृत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथिको निर्णायक छलफल गोप्य कोठामा गरिएको हो ।

समितिको वार्षिक प्रतिवेदन र वाइडबडी खरिदका क्रममा भएको भनिएको भ्रष्टाचारबारे उपसमितिले बुझाएको प्रतिवेदनमाथिको छलफलमा पत्रकारलाई पनि बोलाइएको थियो। 

तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले मिडियाकर्मीहरुलाई बैठकस्थलबाट बाहिर निकाल्न निर्देशन दिएकी हुन्। उपसमितिको प्रतिवेदनबारे आजै निचोड निकाल्ने भन्दै मर्यादापालक लगाएर पत्रकारहरुलाई बैठकस्थलबाट बाहिर निकालिएको हो । 

सांसद् दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले बुधबार बसेको समितिको बैठकमा सभापति पवित्र निरौला खरेललाई गत वैशाखमा प्रतिवेदन बुझाएको थियो।

उपसमितिका संयोजक सांसद् भट्टले समितिलाई प्रतिवेदन बुझाउँदै पाँच महिनाको अवधिमा आफूहरुले निगमका दुई वाइडबडी खरिद प्रकरण, चिनियाँ जहाज खरिद र तिनको अवस्था तथा न्यारो बडी खरिदबारे पनि छानबिन गरेको बताएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.