ओखलढुंगा : सडककै कारण ओखलढुंगामा दुई जनाले ज्यान गुमाएका छन्। विकासका नाममा पहाड चिर्ने र घरघरमा सडक पुर्याउने प्रतिस्पर्धाका भएका कारण सर्व साधरणले ज्यान गुमाउनुपरेको हो।
मोलुङ गाउँपालिका-७ पात्लेमा शनिबार बिहान सडकबाट पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको छ। मोलुङ गाउँपालिका वडा नं. ६ राँगादिपमा पनि गत वर्ष एकै परिवारका तीनजनाले ज्यान गुमाउनुपरेको थियो।
जिल्लामा हालसम्म पहिरोमा परी मृत्यु हुनेमा मोलुङ गाउँपालिका-७ की ४० वर्षीय खपुटी शेर्पा र उनकी १२ वर्षीय छोरी याङजी शेर्पा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चिसंखुगढी गाउँपालिका ४ नवलपुरका ८५ वर्षीय वृद्धा पासाङकुटी शेर्पाको शुक्रबार र शनिबार मोलुङ गाउँपालिका-७ की ४० वर्षिय खपुटी शेर्पा र उहाँकी १२ वर्षिय याङ्जी शेर्पा र सिद्धिचरण नगरपालिका-६ माझखर्कमा ४० वर्षिय कान्छिमा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।
विभिन्न घर पुरिएर लाखौँको क्षति
त्यस्तैगरी, मोलुङ खोलामा आएको बाढीले बगाएर गम्भीर घाईते भएका सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको स्थानीयले बताएका छन्। पहिरोका कारण दर्जनौ घरहरु पुरीएका छन भने लाखौँको क्षति भएको छ। क्षतिको बिबरण निरन्तर आई रहेको प्रहरीले बताएको छ।
त्यस्तैगरी निरन्तरको वर्षा पछि ओखलढुंगा सडक सञ्जालको सम्पर्क बिच्छेद भएको छ। जिल्ला प्रबेश गर्ने सिद्धिचराण राजमार्ग बिगत तिन देखी अवरुद्ध भई रहेको भए पनि आफुहरुले निरन्तर प्रयास गरी राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
जिल्ला प्रबेश गर्ने राजमार्गमा मानेभञ्ज्याङ गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो जाँदा र भडारे खोलामा आएको बाढीका कारण सडक पुर्ण बन्द भएको छ। सदरमुकाम देखी अन्य स्थान सम्म पुग्ने ग्रमिण सडक पनि बन्द भएको प्रहरीको भनाई छ। ओखलढुंगा सदरमुकामबाट रुम्जाटार, रामपुर, च्यानम, घाराखोरी, खिजीफलाटे, शेर्ना, बुईपा जाने ग्रामीण सडक पूर्णरूपमा बन्द भएका छन्।
राजधानी आउने जाने सडक बन्द
सडक संजालमा काठमाण्डौसँग सिधा सम्पर्कमा रहेका लिखु, खिजीदेम्वा र चम्पादेवी गाउँपालिकामा पनि सडकहरु पूर्ण रुपमा बन्द भएका कारण सर्वसाधरण मारमा परेका छन्।
निरन्तर वर्षाका कारण पोल बगाउँदा खोटाङ र ओखलढुङ्गामा विद्युत सेवा पनि अवरुद्ध भएको छ। विद्युत अवरुद्ध हुँदा खोटाङ र ओखलढुगाका आसपासका क्षेत्रका उपभोक्ता मारमा परेका छन्। विद्युत अवरुद्ध भएपछि दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार÷व्यवसाय तथा बैंक तथा वित्तीय करोवार समेत प्रभावित भएको छ।
विद्युत अवरुद्ध भएपछि ओखलढुंगा जिल्लामा भएका रेडियो, पत्रपत्रिका, तथा अनलाईन सेवा समेत अवरुद्ध भएको नेपाल पत्रकार महासंघ ओखलढुंगाले जनाएको छ। रेडीयोहरुले जेनेरेटर सञ्चालन गरेर प्रसारण गर्नुपरेको सञ्चार गृहहरूले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।