|

काठमाडौं : पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको दबदबा देखिएको छ। सुरुका दुई दिनको खेलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

कुल २ हजार १ सय ४२ पदकमध्ये १२० वटाको छिनोफानो भइसकेको छ। 

नेपाली सेनाले १३ स्वर्णसहित ३६ पदक जितेको छ भने नेपाल प्रहरीले ९ स्वर्णसहित ३० पदक चुमेको छ। तेस्रो स्थानमा रहेको सशस्त्र प्रहरीले ६ स्वर्णसहित २२ पदक हात पारेको छ।

तीन विभागीयसहित आठ टिम रहेको प्रतियोगितामा २ कास्यमात्र जितेर पश्चिमाञ्चल पदक तालिकाको पुछारमा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.