|

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। बिहान ९ बजेदेखि बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिको ड्राफ्ट पास गरेसँगै ४ बजे सार्वजनिक गर्ने समय तोकिएको हो। 

गत शुक्रबारदेखि मौद्रिक नीतिको अन्तिम तयारीको छलफलमा जुटेको राष्ट्र बैंकले बुधबार बिहानमात्रै सहमति जुटाउन सकेको हो। राष्ट्र बैंकमा प्रवेश गरेसँगै बैंकहरूको संख्या घटाउने नीतिमा लागेका गभर्न डा. चिरञ्जीवी नेपालले त्यसका लागि प्रोत्साहन पुग्ने गरी चालु वर्षको मौद्रिक नीति ल्याउन थालेका हुन्। 

उनले २०७२ सालमा वाणिज्य बैंकहरूको संख्या घटाउन चुक्ता पुँजी वृद्धिको योजना अघि सारेका थिए। तर चुक्ता पुँजी वृद्धि भएपनि बैंकको संख्या घट्न नसकेपछि प्रोत्साहनको बाटो रोजिएको जनाइएको छ। 

बिग मर्जरका लागि आकर्षक सहुलियत प्याकेज घोषणा गरिन थालेको राष्ट्र बैंक स्रोतले जनाएको छ। जसअनुसार नै स्रप्रेडदर बढाउन खोजिएको छ।जसअनुसार दुई वाणिज्य बैंक मर्जरमा गए कर्जा र निक्षेपबीचको व्याजदर अन्तर (स्प्रेड दर) पाँच प्रतिशत दिने व्यवस्था मौद्रिक नीतिमा गर्न थालिएको छ। यस्तो सुविधा दुई वर्षका लागि दिन थालिएको हो। 

राष्ट्र बैंक उच्च स्रोतअनुसार बैंकका संचालकहरूको 'कुलिङ पिरेड' पनि हटाउने जनाइएको छ।अहिले कुलिङ पिरेड छ महिना छ। राष्ट्र बैंकले पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी) रेसियो घटाउने तयारी गरेको छ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई गाभ्न भने बाध्यकारी नीति ल्याउन लागेको छ।  राष्ट्र बैंकले बैंकहरूको प्रोतसाहन प्याकेजको घोषणा गर्दै गर्दा सेवा शुल्क घटाउन मंगलबार निर्देशन जारी गरिसकेको छ। राष्ट्र बैंकको यो निर्देशनपछि बैंकरहरु रुष्ट देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.