|

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सिनेमा घरले मनोरञ्जन कर नबुझाई चलचित्र प्रदर्शन गरिरहेको पाइएको छ। महानगरपालिकाले बारम्बार राजस्‍व बुझाउन पत्र काटे पनि सिनेमा घरले राजस्‍व नबुझाएको महानगरले जनाएको छ।

सिनेमा घर सञ्चालनमा आएदेखि महानगरपालिकालाई राजस्‍व नबुझाएको राजस्‍व विभागका निर्देशक शिव अधिकारीले बताए। उनका अनुसार महानगरपालिकाले मनोरञ्जन कर मात्र बुझाऊ भनेको छौँ। सिनेमा घर सञ्चालकले विभिन्न बहाना बनाइ राजस्‍व बुझाएका छैन।

उनले भने, 'अन्तिमपटक विभिन्न सञ्चार माध्यममा विज्ञापन निकाल्छौ। विज्ञापन निकाल्दा पनि राजस्‍व बुझाएन भने नगर प्रहरी लगेर हलमा ताला लगाउँछौँ।' सिनेमा घर सञ्चालकसँग विभिन्न समयमा राजस्‍व संकलन गर्ने विषयमा  छलफल पनि भइसकेको उनले जानकरी दिए।

काठमाडौंमा सञ्चालित ४२ वटा छन्। चारवटा सिनेमा घरले मात्र राजस्‍व बुझाएको अधिकारीले बताए। गत वर्ष चारवटा सिनेमा घरले राजस्‍व बुझाउँदा १९ लाख राजस्‍व संकलन गर्न सफल भएको थियो।

दर्शकलाई टिकटमा मनोरञ्जन कर नलिईकन सिनेमा देखाइरहेको श्री सिने डे सेफ कम्पनीका सञ्चालक जीवन शाक्यले बताए। उनका अनुसार महानगरसँग राजस्‍व तिर्नेबारे छलफलको लागि पटक-पटक बैठक भएको छ। महानगरले राजस्‍व पत्र क्लियर गरेर आउनु भनेकोले तिर्न ढिलो भएको शाक्यको भनाइ छ ।

प्रदेश-३ को आर्थिक ऐन २०७६ को व्यवस्था भएबमोजिम सिनेमा घरप्रति टिकट ५ प्रतिशत राजस्‍व बुझाउनु पर्ने उल्लेख गरिएको छ। भदौ महिनाको २५ गतेभित्र राजस्‍व बुझाइसक्नुपर्ने सिनेमा घरलाई महानगरले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.