|

गुल्मी : चन्द्रकोट गाउँपालिका–७ मजुवामा नाइलनको डोरीले पासो लगाएको अवस्थामा पुरुषको शव फेला परेको छ।

करिब ५० वर्षीय पुरषको शव मजुवाको हुग्दीखोलाको पक्की पुलमुनि खन्युको रुखमा पासो लगाएको अवस्थामा फेला परेको हो। शवको पहिचना हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निरीक्षक चुरामणि पुनले बताए।

शवलाई पोष्टमार्टमका गुल्मी अस्पतातमा ल्याइएको छ। शवको पहिचान नभएकाले कसैले चिनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्नुहुन प्रहरीले आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.