काठमाडौं : नेपाल राष्ट्र बैंकले यातायात समिति तथा व्यवसायीहरुको रोक्का बैंक खाता फुकुवा गर्न बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। अर्थमन्त्रालयले २०७५ वैशाख २३ गते २४३ वटा यातायात समितिहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।
यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउन भन्दै सरकारले यातायात समिति तथा समितिमा आवद्ध व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो।राष्ट्र बैंकको निर्देशन पछि बन्द भएका सबै खाता खुलाउन साउन १६ गते मन्त्रिपरिषद्ले नै निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।
अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत १२ गते पत्रचार गरेपछि बैंक खाता फुकुवा गर्न पत्रचारर गरिएको राष्ट्र बैंकले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।