|

काठमाडौ : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन शनिबार कजाकस्तान प्रस्थान गरेका छन्। सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्।

असोज ५ देखि ८ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ। प्रतिनिधि मण्डलमा प्रतिनिधिसभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरिलगायत रहेका छन्।

अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्। उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.