थाइल्याण्डमा एक न्यायाधीशले अदालतभित्रै आफैँलाई गोली हानेका छन्। देशको न्यायीक प्रणालीको गम्भीर आलोचना गरेर कानाकोर्न पिन्चाना नाम गरेका ती न्यायाधीशले आफैँलाई गोली हानेका हुन्। न्यायाधीश पिन्चानाले हत्या आरोप लागेका पाँचजना मुस्लिम व्यक्तिलाई रिहा गरेका थिए।
त्यस क्रममा उनले निष्पक्ष न्यायका लागि जोड दिएका थिए। फैसला सुनाएपछि उनले न्यायीक शपथ पढेका थिए। लगत्तै पेस्तोल निकाली आफ्नै छातीमा गोली प्रहार गरे। तर, सुरक्षाकर्मीले तुरुन्तै उनलाई उद्धार गरी अस्पताल पुर्याएपछि उनी बाँच्न सफल भएका छन्।
उनको अहिले उपचार भइरहेको छ। उनले फैसला सुनाउनु पूर्व लेखेको वक्तव्यमा मुद्दामा दिइएको दबाबका कारण आत्महत्याको निर्णयमा पुगेको उल्लेख गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।