काठमाडौं : अष्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दशैंको टिका थापेको छ। नेपाली टोलीले मंगलबार बिहानै क्लोज क्याम्प रहेको सिड्नी स्पोर्ट्स एकेडेमी एन्ड रिक्रियसन सेन्टरमा दशैंको टिका थापेको हो।
स्थानीय समयअनुसार विहान ८ बजे टोलीले टिम म्यानेजर मधुसुदन उपाध्यायको हातबाट टिका थापेको हो। टिका थापे लगत्तै नेपाली राष्ट्रिय फुटबल टोली क्यानबेरा प्रस्थान गरेको छ। टोलीले आज र भोलि त्यहाँ प्रशिक्षण गर्नेछ।
विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली अष्ट्रेलियामा छ। क्यानबेरामा आगामी बिहिबार अष्ट्रेलियाविरुद्ध हुने खेलका लागि नेपाली टोली खेलको एक साताअघि अष्ट्रेलियाको सिड्नी पुगेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।