जुम्ला : चन्दननाथ नगरपालिका-५ मा रहेको डम्पिङसाइडमा फोहोर फाल्न प्रतिबन्ध गरिएको छ। बस्तीनजिकै रहेको डम्पिङसाइडमा फालेको फोहोरले नागरिकको स्वास्थ्यमा असरपारेको भन्दै चन्दननाथ नगरपालिका-५ का स्थानीय बासिन्दाले फोहोर फाल्न प्रतिबन्ध गरेका हुन्।
५ वडाका स्थानीयले फोहोर उठाउन नदिएपछि बजार नै दुर्गन्धित भएको छ। जुम्ला बजारको बीचबीचमा फोहोरको थुप्रो लागेको छ। चन्दननाथ नगरपालिकाले फोहोर नउठाउँदा बजारमा फोहोर थुप्रिएको हो।
यसअघि नगरपालिका जुम्लाले अस्थायी रुपमा निर्माण गरेको ल्याण्डफिल्ड साइटमा फोहोर फाल्दा वरपरका जग्गाधनीले धानखेती नष्ट भएको दुखेसो गर्दै आएका थिए। ल्याण्डफिल्डसाइटको फोहोर फालेका कारण धानबालीमा क्षति भएकाले फोहोर फाल्न स्थानीयले रोकेका थिए।
ठाउँ खोज्दै नगरपालिका
चन्दननाथ नगरपालिकालाई फोहोर लुकाउने ठाउँ खोज्दै ठिक्क छ। बजारभरि फोहोर थुप्रिएको छ। चन्दननाथ नगरपालिका–४ का मीनबहादुर रोकायाले नगरपालिकाको फोहोरले निकै सास्ती दिइरहेको बताए। जुम्ला बजारको फोहोर उठ्न नसक्दा शहर नै दुर्गन्धित भएको छ।
जुम्ला बजारको बीचबीचमा फोहोरको थुप्रो लागेको छ। चन्दननाथ नगरपालिकाले फोहोर नउठाउँदा बजारमा फोहोर थुप्रिएको हो। बजारको चोकचोकमा फोहोरको थुप्रो लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।