|
फाइल तस्विर

काठमाडौं : क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाइनलमा प्रवेश गरेको हो।

अब आगामी बिहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विराटनगर टाइटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। विराटनगर टाईटन्सले दिएको ६९ रनको सामान्य लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ ओभर ५ बलमा मात्र विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन। विराटनगरलाई समेटन काठमाडौंकी कप्तान रुविना क्षेत्रीले ४ विकेट लिएकी थिइन। प्रतियोगिताको बिजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.