|

संखुवासभा : नेपाली सेनामा भर्ती गराइदिने भन्दै रकम असुल्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ का राजु भन्ने राजकुमार राई रहेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार राईले बताए।

राईले सैन्य पदका उम्मेदवारसँग रकम असुलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्ररही कार्यालय संखुवासभाले जनाएको छ। राईले बराहदल गुल्म खाँदबारी ब्यारेक संखुवासभामा आवेदन फारम भरेका दर्ता नं. ७२६८ का सैन्य पदका उम्मेदवारसँग सेनामा भर्ती गराइदिने आश्वसन दिएर रकम अशुलेका प्रहरीले जनाएको छ।

उनले सैन्य उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैयाँ मागेको बताइएको छ। सैन्य उम्मेदवारसँग ८० हजार रुपैयाँ दिने समझदारी भएपछि आमाले अग्रीम ५० हजार रकम बुझाएकी थिइन्। चिचिलाका राजकुमारले सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको सूचना पाएपछि संखुवासभा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राईले बताए।

उनलाई ५८ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रलोभन देखाई ठगी गर्न राईलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिएर अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ। ठगी आरोप लागेका राई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.