|
फाइल फोटो

पोखरा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनको लागि सबै स्थानीय तहलाई विवरण पठाउन आग्रह गरेको छ। कात्तिक ४ गते निवेदन लेखेर कुनकुन पदमा के कति कर्मचारी अपुग हो खुलाएर प्रदेशमा पठाउन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

हरेक प्रदेशका स्थानीय तहले सामान्य प्रशासन मन्त्रालयका प्रदेशमा रहेका प्रतिनिधिलाई विवरण पठाउन सक्नेछन्। हरेक प्रदेशमा २/२ जना सम्पर्क व्यक्ति तोकिएको छ। सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ, ‘मन्त्रालयको चलानी नं. १७९ मिति २०७६/०७६/०४ को पत्र प्राप्त भएकै होला। सो समन्धमा त्यहाँ स्थानीय तहबाट माग भइ लोकसेवा आयोगबाट विज्ञापन भएका पदहरूमा कर्मचारी सिफारिस भइ आउँदा कुन-कुन पदमा के कति कर्मचारी व्यस्थापन गर्न नसकिने हो?’

पत्रमा व्यवस्थापन गर्न नसकिने पदहरू के कारणले व्यवस्थापन हुन नसकेको कारण खुलाएर स्थानीय तहको प्रमुख/अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी तीन दिनभित्र पठाउन भनिएको छ। मन्त्रालयका शाखा अधिकृत प्रविण कोइरालाले हस्ताक्षर गरिएको पत्रमा समयमै विवरण नपठाए माग गरेका स्थानीय तहमा आवश्यक कर्मचारी पठाइने पनि उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.