सपथग्रहण कार्यक्रम पनि बिथोलियो
सपथग्रहण कार्यक्रम पनि बिथोलियो
जाजरकोट : बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रममा हिँडेका नेतामाथि आक्रमण भएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका-८ लैखमको बीचको उकालोमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटी सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो। आक्रमणमा प्रदेशसदस्य सिंहलाई धेरै चोट लागेको आचार्यले जानकारी दिए।
विप्लवका कार्यक्रताले दुवै नेताको मोबाइल फोन पनि कब्जामा लिएका जनाइएको छ। विप्लवका कार्यकर्ताले विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड-कालीमटीबाट-लेखमसम्मको बाटोमा हिँड्न दिएका छैनन्।
प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको छ। बुधबार लिम्सामा हुने भनिएको कार्यक्रमसमेत अवरुद्ध भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।