|

काठमाडौं : नेपाली राष्ट्रिय फुटसल टिम ताजिकिस्तानविरुद्ध प्रतिष्पर्धा गर्दै छ। फुटसल च्याम्पियनसिप छनोटका लागि इरान पुगेको नेपाल आज बुधबार  हुने खेलमा बलियो प्रतिष्पर्धिका रुपमा रहको ताजिकिस्तानसँग खेल्न लागेको हो।

नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३.१५ मा सुरु हुनेछ। इरानको उर्मियामा नेपाल पहिलो खेलमा सुखद नतिजा निकाल्ने योजनामा हुनेछ। नेपाली टिम फुटबलमा राष्ट्रिय टिमको अनुभव बटुलीसकेका खेलाडीका कारण पनि फुटसलमा राम्रो नतिजा निकाल्नेमा विश्वस्त छ।

टिमका मुख्य प्रशिक्षक विष्णु गुरुङ नेपालले छोटो समयमा राम्रो तयारी गरेको बताउँछन्। उनी भन्छन छोटो समय भएपनि हाम्रो तयारी राम्रो नै भएको
छ। टिम राम्रो बनेकाले नतिजा आफ्नो पक्षमा निकाल्नेमा विश्वस्त छौं।'

प्रशिक्षक गुरुङले खेलाडीलाई डिफेन्सीभसँगै काउन्टर अट्याकिङमा मैदान उतार्ने बताए। कप्तान विजय गुरुङले बलियो टिम ताजिकिस्तानलाई रोक्ने योजनासहित मैदान उत्रने बताए।

उनले भने मैदानले गर्दा खेल्न केही समस्या हुन सक्छ तर, हामी शतप्रतिशत दिने छौँ। हाम्रो प्रमुख लक्ष्य विपक्षीलाई रोक्ने हो। उनीहरुले हामीमा हेर्ने नजर बदल्नु छ र हामी कमजोर छैनौँ भन्‍ने प्रमाणित गर्नुछ।'

ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले टिमले दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको बताउँदै युएई र बहराईनसँगको मैत्रिपूर्ण खेलले टोली बलियो बनेको दाबि गरे। छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह 'ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तानसँग प्रतिष्पर्धा गर्ने छ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन्। फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुने
कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.