|

काठमाडौं : तारकेश्वर नगरपालिकास्थित एउटा स्कुलको छानो खस्दा ३६ जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्।

तारकेश्वर नगरपालिका-३ जितपुरस्थित तारकेश्वर विद्याकुञ्ज इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो खस्दा ती विद्यार्थी घाइते भएका हुन् । ट्रसले छाइएको उक्त स्कुलको छानो विद्यार्थी कक्षा कोठामै रहेका बेला खसेको हो।

घाइते भएका विद्यार्थीहरु प्राथमिक तहका हुन्। उनीहरुको राजधानीका विभिन्‍न अस्पतालमा उपचार भइरहेको  छ। त्यसैगरि चाबहिलमा पुरानो घर भत्काउने क्रममा किचेर चारजना घाइते भएका छन्।

केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा एक्कासि माथिल्लो तला खस्दा चारजना घाइते भएका हुन्। घर भत्काउने मजदूरहरु रामबहादुर कुँवर र खाजा घरका मजदुर  जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।

दुवै घाइतेको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले बताए। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एकजनाको आकस्मिक र अर्कालाई सघन उपचार कक्षमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.