काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले समाचारमा आए जस्तो भारतीय नागरिकता नभएको बताएका छन्।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन सांसद कँडेलले गर्दै भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गरेका हुन्। पत्रकार सम्मेलनमा नेता कँडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिए।
नेता कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गरे। पत्रकार सम्मेलनमा नेता कँडेलले आफूसँग भारत सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र रहेको बताए। अहिले भएको सवारी चालक अनुमति पत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको स्पष्ट पारे।
नेता कँडेलले पत्रकार सम्मेलनमा आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।