गुल्मी : गुल्मीको पवित्रस्थल रेसुंगास्थित गौशलामा सामुहिक गौपूजा गरिएको छ। गौको महत्व अझ बुझाउन गौशलाका करिब २ सय गौको सामुहिक पूजा गरिएको हो।
पूजाका क्रममा गौलाई नुन, रोटी, तेल लगायत चामलको पिठो, मिठा–मिठा खानेकुरा खुवाइएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।
उनका अनुसार गौपर्वचन सुनाउन र गौहरुको संरक्षणका निम्ति प्रतिव्याक्ति दैनिक एक रुपैयाँ उठाउन सुरु गरिएको छ।
गौशलालाई अझ ब्यवस्थित गर्न रेसुंगा नगरपालिकाले लगानी गर्ने जनाएको छ। हिन्दु धर्मानुसार गौलाई पूजा गर्नाले स्वर्गमा बास हुने धार्मिक मान्यता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।