|

काठमाडौं :  एसियाली विकास बैंक (एडिबीले) मुग्लिनदेखि पोखरासम्मको सडक स्तरोन्नति गर्नका लागि करिब २२ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ।एडिबीले जारी गरेको विज्ञप्तिअनुसार मुग्लिनदेखि पोखरालाई जोड्ने सडकको स्तरोन्नतिका लागि १९ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत भएको हो। जसको नेपाली रुपैयाँ २२ अर्ब बढी हुन्छ। 

दुई लेनको उक्त बाटोले दैनिक औसतमा ७ हजार ५ सय सवारी आवतजावत गराइरहेको छ। सवारीको संख्या बढ्दै गइरहेको अवस्थामा सडकको स्तरोन्नतिसमेत अपरिहार्य रहेको एडिबीको भनाइ छ।

ऋण स्वीकृतिसँगै अघि बढेको परियोजनाले यातायातको क्षमता विश्‍वसनीयता र मुख्य सडक लिंकको सुरक्षा बढाउने छ' एडिबी यातायात विशेषज्ञ माउन्ट जोहान जर्जेटले भनेका छन् 'राजमार्गलाई चार लेन बनाइने छ र यात्राको समय घटाउने छ रोजगारी बढाउने छ।' 

मुग्लिन–पोखरा सडक परियोजना अन्तर्गत पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमटिर सडक ४ लेनमा स्तरोन्‍ति गरिने एडिबीले जनाएको छ।  आबुखैरेनीदेखि मुग्लिनसम्मको ८ किलोमिटर सडकलाई सहायक परियोजनाका रूपमा विस्तार गरिने एडिबीले जनाएको छ। 

सो परियोजना ५ वर्षभित्र सक्ने लक्ष्य लिइएको छ। मुग्लिन पोखरा सडक स्तरोन्‍नतिका लागि २५४ मिलियन डलर लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये १९५ मिलियन एडिबीले ऋणी सहयोग गर्नेछ भने नेपाल सरकारले ५९ मिलियन डलर लगानी गर्नेछ। यो परियोजना २०२५ को अन्त्यसम्ममा सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.