|

बारा : बाराको निजगढका ब्रतालु पञ्चेबाजा बजाएर बकैया छठ घाटमा जान सुरु गरेका छन्। पहाडी समुदायको शुभकार्यमा प्रयोग गरिने पञ्चेबाजा बजाएर मधेसी समुदायका ब्रतालुले छठ घाट गइरहेका छन्। निजगढका व्यवसायी राचमन्द्र जैसवालको अगुवाइमा ब्रतालु टाउकोमा ढकी राखेर पञ्चेबाजा बजाएर घाटतर्फ लागेका हुन्। 

पहाडी समुदायको आकर्षण

अहिले छठ पहाडी समुदायको पनि प्रमुख पर्व बन्न पुगेको छ। निजगढ ९ की शारदा गौतम पनि टाउकोमा ढकी बोकर घाटतर्फ लागेकी छन्। व्रत बस्दा रोग निको हुने र मनले चिताएको पूरा हुने धार्मिक विश्वासले यहाँका पहाडी समुदायका महिलाको छठ मनाउन आकर्षण देखिएको छठ पूजा समितिका अध्यक्ष हृदय रौनियारले बताए।

मधेसी र पहाडी समुदायले एकसाथ जम्मा भएर छठ पर्व मनाउन थालेसँगै निजगढमा छठको उल्लास बढ्दै गएको निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनालले बताइन्।

छठ पूजा समितिका अध्यक्ष रौनियारले प्रत्येक वर्ष छठ पर्व मनाउनेहरूको संख्या बढ्दै गएको बताए। निजगढ ८ स्थित लालबकैया तटमा पण्डाल बनाइनुका साथै विद्युती बत्तीले सजाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.