काठमाडौं : सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरि उठनै नसक्ने गरी पतन हुने दावी गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, बैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भईसकेको निष्कर्ष निकाल्दै आउँदा केही वर्ष भित्र फेरी उठनै नसक्ने गरी पतन हुने बताएका हुन्।
बिहीबार काठमाडौंमा आयोजित पार्टी संघीय परिषद बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपाका ठूल्ठूला नेताहरुको भ्रष्टाचार तथा नैतिक पतनका घटना लज्जाजनक ढंगले उदांगिदै आएको पनि उल्लेख गरे।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने आफ्नो असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको अवस्थामा रहेको भट्टराईको विश्लेषण छ ।
संघीय परिषदका अध्यक्ष भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समिक्षा गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्। उनले महत्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार आफ्नो दलसँग सामान्य सरसल्लाहकार समेत नगरेकोमा असन्तुष्टि जनाए।
अब पनि संविधान संशोधन गर्ने सर्त पालना नभए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने पनि उनले चेतावनी दिएका छन्। भट्टराईले संविधान संशोधनका लागि सत्तारुढ नेकपासँग पुनः पहल गर्ने बताए।
त्यसको प्रक्रियालाई अघि बढाउन नचाहेमा सरकारबाट बाहिरिनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढनुपर्ने धारणा पनि उनले राखेका छन्।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।