काठमाडौं : विदा गर्ने र नयाँ बन्ने मन्त्री हुनेहरुको नाम टुंगो लगाउन नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा बैठक भइरहेको छ।
नेकपा सचिवालयको बैठक सकिएलगत्तै दुवै अध्यक्ष मन्त्रीहरुको सूची लिएर बसेका महासचिव विष्णु पौडेलले जानकारी दिए।
‘हट्ने र नयाँ बन्ने मन्त्रीहरुको सूची तयार भइसकेको छ’, पौडेलले भने, ‘अहिले दुवै अध्यक्ष मन्त्रीहरुको अन्तिम सूचीका लागि बस्नु भएको छ।’
यसअघि बालुवाटारमै बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र ओली पुरै पाँच वर्ष प्रधानमन्त्रीमा रहने निर्णय लिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।