काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत तनहुँको ब्यास नगरपालिका–१२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।
बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवर्द्धनन विभागका इन्चार्ज वसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन्।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै यस्ता सामाजिक काम गरिरहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।