|

चीनको विरोधका बावजुद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने एउटा विद्येयकमा हस्ताक्षर गरेका छन्।  

‘द हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट’ नाम दिइएको यो विधेयक पारित भएपछि हङकङको स्वामित्व चीनसँग रहिरहनु पर्छ वा पर्दैन भन्नेबारे अमेरिकाले समीक्षा गर्नेछ।  विधेयकमा हस्ताक्षर गर्दै ट्रम्पले आफूले चीन, हङकङ र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मान गर्ने दाबी गरे। ट्रम्पको यो कदमले चीन र अमेरिकाबीच जारी खटपट अझै बढ्ने अनुमान गरिएको छ।

चीनले हङकङ मामिलामा हात नहाल्न अमेरिकालाई आग्रह गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि हङहङको विरोधमा आफ्नो समर्थन रहे पनि चीनविरुद्ध अमेरिकाले कुनै कदम नचाल्ने बताउँदै आएकोमा संसदमा बढेको दबाबका कारण विधेयकमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ। 

अमेरिकी कंग्रेसमा विधेयकको पक्षमा मत बढ्दै गएपछि ट्रम्प हस्ताक्षरका लागि बाध्य  भएका हुन्। यो विधेयकसँगै ट्रम्पले अर्को विधेयकमा पनि हस्ताक्षर गरेका छन्। जुन विधेयकले हङकङमा प्रदर्शन दबाउन प्रहरीले प्रयोग गर्दै आएका सामानमा अमेरिकाले प्रतिबन्ध लगाउनेछ। प्रहरीले प्रयोग गर्ने अश्रु ग्यास, रबरका गोली, तथा ढुंगाका गोली प्रयोग हुने बन्दुकहरुको निर्यात अमेरिकाले रोक्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.