|

काठमाडौं : नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्विपक्षीय समझदारी सम्पन्न भएको छ। द्विपक्षीय समझदारी पत्र ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको थियो।

समझदारी पत्रमा नेपालका तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानका तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरेको ओमनस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाल र ओमानको राष्ट्रिय संग्राहलयका बीचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ। समझदारीले संग्रहालय क्षेत्रमा दुई देशबीच विज्ञता र अनुभव आदानप्रदान गर्न बाटो खुलेको ओमनका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालले बताइन्।

कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकाललगायत दूतावासका अन्य कर्मचारीहरूको उपस्थिति रहेको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.