|

काठमाडाैं  : गत बुधबार सरकारबाट बाहिरिएको समाजवादी पार्टीले खास एजेण्डाहरूमा कांग्रेससँग सहकार्य गर्नेबारे छलफल सुरु गरेको छ। कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार भेटवार्ता गर्दै समाजवादीको नेतृत्वले सरकारविरुद्ध सडक र सदनमा मोर्चाबन्दी गर्न प्रस्ताव गरेका हुन्। 

बिहीबार समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। समाजवादीका नेताहरूले देउवासँग सरकारले गरेको अनियमितता, भ्रष्टाचारविरुद्ध एक भएर जान भएर जान प्रस्ताव गरेका हुन्।

देउवासँगको भेटमा समाजवादीले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको विषयमा पनि छलफल गरेको छ। ‘भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भयो,’ डा भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भट्टराईलाई उदृत गर्दैै भने, ‘राष्ट्रियसभाको चुनावमा कसरी सहकार्य गर्ने, गोकर्ण रिसोर्टसम्बन्धी सरकारले गरेको निर्णयका विषयमा छलफल भयो।’ 

त्यस्तै, संविधान संशोधनको विषयमा पनि छलफल भएको समाजवादीले जनाएको छ। संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पुस ८ गते राजीनामा दिएका थिए।

यादव र राईले राजीनामा बुझाएलगत्तै डा. भट्टराईले मुद्दाअनुसार कांग्रेससँग कार्यगत एकता गर्ने बताएका थिए। राजीनामापछि यादवले सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउने बताएका थिए। 

संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गत पुस ८ गते राजीनामा दिएका थिए।

सरकारविरुद्ध सदन र सडकबाट संघर्ष गर्ने भट्टराई र यादवको प्रस्तावमा देउवाले समर्थन जनाएको समाजवादीका एक नेताले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘सरकारले गरेको अनियमितता, भ्रष्टाचारको विषयमा, गोकर्ण रिसोर्ट जस्ता विभिन्न विवादास्पद निर्णयविरुद्ध एक भएर जाने सहमति भएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.